Logo १३ बैशाख २०८३, आइतबार | Mon Apr 27 2026


सामसङको लक्की ड्र मार्फत दशैं अफर पहिलो विजेताको घोषणा


754
Shares

काठमाडौं । सामसङ कम्पनीले मोबाइल तथा ट्याबलेट खरिद गरी उपहार जित्ने दिनदिनै दशैं अफर पहिलो लक्की ड्र मार्फत १ लाख उपहार जित्नेको सिरियल नम्बर घोषणा गरेको छ ।

ईमेज टेलिभिजनको कार्यक्रम म्यूजिक च्वाइस मार्फत बुधबार कम्पनीले विजेताको सिरियल नम्बर घोषणा गरेको हो । त्यस्तै, मोबाइल तथा ट्याबलेट खरिद गरी उपहार जित्ने १० जनालाई प्रतिव्यक्ति १० हजार रुपैयाँ प्राप्त गर्ने विजेताकाे सिरियल नम्बर पनि घोषणा गरिएकाे छ ।

सोही कार्यक्रम ईमेज टेलिभिजनमा बुधबार साँझ ५ देखि ६ बजेसम्म प्रत्यक्ष प्रसारण भएको थियो। सामसङ कम्पनीको स्मार्ट फोन र ट्याबलेट खरिद गर्ने ग्रहाकलाई लक्की ड्र मार्फत दैनिक एक जनालाई १ लाख र १० जनालाई १० हजारको दरले भाटभटेनी सुपरमार्केटको भौचर दिने जनाएको छ ।

विजेताले उक्त भौचर रकम बराबरको सामान भाटभटेनीबाट लिन सक्ने भएका छन् । यहि भदौ १६ देखि आगामी असोज १२ गतेसम्म सामसङको स्मार्ट फोन तथा ट्याबलेट खरिद गर्ने ग्राहकले उक्त सामानको सिरियल नम्बर ३५००१ मा पठाएर लक्की ड्रमा सहभागी हुन सक्ने कम्पनीले जनाएको हो ।

सोही लक्की ड्र ईमेज टेलिभिजनमा हप्ताको दुई दिन आइतबार र बुधबार साँझ ५ देखि ६ बजेसम्म प्रत्यक्ष प्रसारण हुने भएको छ ।