१८ भाद्र २०८२, बुधबार | Wed Sep 3 2025


संविधानमाथि घात हुने खतरा अझै टरेको छैन: अध्यक्ष दाहाल


156
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध केही पनि गर्न नसक्ने दावी गर्नुभएकाे छ ।

काठमाडौंमा बुधबार अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सातौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उहाँले यस्ताे दावी गर्नुभएकाे हाे । भ्रष्ट र दलालहरुले नेपाली कांग्रेस-नेकपा एमाले गठबन्धन बनाएको आरोप लगाउँदै उहाँले वर्तमान सरकारले भ्रष्टाचार, बेथिति र अराकजताविरुद्ध केही पनि गर्न नसक्ने बताउनुभयाे । दलाल र विचौलियाहरुले आफू अनुकूल काम गराउन वर्तमान सरकार बनाइएको अध्यक्ष दाहालको आराेप छ ।

सरकार भ्रष्टहरुले बनाएकाले मुलुकमा राम्रो काम गर्ने उपसभामुख इन्दिरा राना नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङहरुलाई सरकारले हटाउने काम गरिरहेको उहाँकाे दावी थियाे । उहाँले आफूले भ्रष्टाचारको विरुद्ध अभियान चलाउँदा सरकारबाट हट्नुपरेको समेत बताउनुभएकाे छ ।

अध्यक्ष दाहालले मुलुकलाई सही बाटोमा अघि बढाउन प्रत्यक्ष निर्वाचन कार्यकारी राष्ट्रपतीय प्रणाली र समानुपातिक निर्वाचन प्रणाली जरुरी रहेको समेत बताउनुभयो । संविधानमाथि घात हुने खतरा अझै नटरेको उहाँकाे भनाइ छ ।