१८ भाद्र २०८२, बुधबार | Wed Sep 3 2025


सातै प्रदेशमा अटिजम स्कुलकाे आवश्यकः स्वास्थ्यमन्त्री पौडेल


299
Shares

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले ७ वटै प्रदेशमा अटिजम स्कुल आवश्यक रहेको बताउनुभएको छ ।

मन्त्रालयमा बुधबार आयोजित अटिजमको उपचार र रोकथाम लगायतका सम्बन्धमा प्रा.डा. दीपक प्रकाश महराको संयोजकत्वमा गठित समितिले बुझाएको अध्ययन प्रतिवेदन ग्रहण गर्दै उहाँले यस्ताे बताउनुभएको हो । प्रारम्भिक चरणमा सबै प्रदेशमा एक-एक वटा अटिजम स्कुलको खाँचो रहेकाे उहाँकाे भनाइ छ ।

मन्त्रालयले यसलाई दीर्घकालीन परियोजना बनाएर काम गर्ने उहाँले बताउनुभयाे । उहाँले काठमाडौंको बुढानिलकण्ठमा भने अटिजम स्कुल बन्न लागेको जानकारी दिनुभएकाे छ । बुढालिनकण्ठ-४ मा रहेको जग्गामा भवन बन्ने प्रक्रिया शुरु भइसकेको उहाँले बताउनुभयो ।

अटिजम स्कुल सञ्चालनको लागि चालु आर्थिक वर्षमा ३ करोड रुपैयाँ बजेट छुट्याएको उहाँको भनाइ छ । उहाँले अटिजम स्कुल संचालनको लागि काठमाडाैं महानगरपालिकाले पनि चासो देखाएकोले समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो ।

मन्त्री पाैडेलले नेपालमा हालसम्म कति अटिजम भएका बालबालिका छन् भन्ने यकिन तथ्यांक नै नभएको बताउनुभएकाे छ।