
काठमाडाैं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सीमा, भौगोलिक अखण्डता, सार्वभौमिकताका सवालमा संसद, राजनीतिक दल र नागरिक समाज एक ढिक्का हुनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको संलग्नता र सहमति बिना लिपुलेकलाई दुई देशबीचको व्यापारिक मार्ग बनाउनेगरी भारत र चीनबीच सहमतिप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट रुपमा आपत्ति जनाएको उल्लेख गर्दै धन्यावाद व्यक्त गर्नुभएकाे छ।
उहाँले सीमा विवादको समाधानका लागि दुई छिमेकी देशहरुसँगको कूटनीतिक बहस र छलफलबाट निकाल्नुपर्नेमा जोड दिनुभयो । उहाँले सुगौली सन्धिअनुसार कालापानी, लिपुलेक र लिम्पिधुरा नेपालकै भएको स्पष्ट समेत पार्नुभएकाे छ।
प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भएको भेटमा नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा स्पष्ट रुपमा आपत्ति रहेको विषय उठाउनुभएको थियो
प्रतिक्रिया दिनुहोस्