Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


ईमेज टेलिभिजनमा आज सामसङकाे लक्की ड्र हुँदै


156
Shares

काठमाडाैं । ईमेज टेलिभिजनको कार्यक्रम म्यूजिक च्वाइस मार्फत सामसङ कम्पनीले लक्की ड्र विजेताकाे नाम घाेषणा गर्ने भएकाे छ ।

साेही कार्यक्रम ईमेज टेलिभिजनमा बुधबार साँझ ५ देखि ६ बजेसम्म प्रत्यक्ष प्रसारण हुने भएकाे हाे । सामसङ कम्पनीको स्मार्ट फोन र ट्याबलेट खरिद गर्ने ग्रहाकलाई लक्की ड्र मार्फत दैनिक एक जनालाई १ लाख र १० जनालाई १० हजारको दरले भाटभटेनी सुपरमार्केटको भौचर दिने जनाएको छ ।

विजेताले उक्त भौचर रकम बराबरको सामान भाटभटेनीबाट लिन सक्ने भएका छन् । यहि भदौ १६ देखि आगामी असोज १२ गतेसम्म सामसङको स्मार्ट फोन तथा ट्याबलेट खरिद गर्ने ग्राहकले उक्त सामानको सिरियल नम्बर ३५००१ मा पठाएर लक्की ड्रमा सहभागी हुन सक्ने कम्पनीले जनाएको हो ।

सोही लक्की ड्र ईमेज टेलिभिजनमा हप्ताको दुई दिन आइतबार र बुधबार साँझ ५ देखि ६ बजेसम्म प्रत्यक्ष प्रसारण हुने भएको छ ।