१८ भाद्र २०८२, बुधबार | Wed Sep 3 2025


संघीय सांसद र सचिवालयका कर्मचारीलाई जुम्लाको स्याउ किन सांसद शाहीको आग्रह (भिडियाेसहित)


247
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले जुम्लाको स्याउलाई बजारको सुनिश्चितता गर्न माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । विदेशी स्याउ आयातमा २ महिना प्रतिवन्ध लगाउन पनि उहाँको माग छ । उहाँले विदेशी स्याउमा विभिन्न विषादी मिसाइएको कारण स्वास्थ्यमा समस्या देखिने तथा स्वदेशी स्याउले उचित मूल्य नपाउने भएको कारण स्वदेशी स्याउको लागि बजार सुनिश्चित गर्न माग गर्नुभयो ।

उहाँले सबै सांसद एवं संसद सचिवालयका कर्मचारीहरुलाई समेत जुम्लाको स्याउ किनिदिन आग्रह गर्नुभएकाे छ । स्याउ बिक्रीका लागि राजधानी ल्याउँदा बाटो प्रहरीले जाँचको नाममा हेरानी गर्ने गरेको बताउदै सांसद शाहीले गृहमन्त्री रमेश लेखकको समेत ध्यानाकर्षण गराउनुभयो ।

सरकारले गुणस्तर जाँच गरेर मात्र विदेशी स्याउ आयात गर्नुपर्नेमा सांसद शाहीको जोड छ ।