
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठकाे स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी छन् ।
छाती दुख्ने समस्यापछि उनलाई काठमाडौंको बाँसबारीस्थित गंगालाल अस्पतालमा भर्ना गरेर उपचार भइरहकाे छ।
अध्यक्ष श्रेष्ठ मुटुको बिरामी छिन् ।
पुन:स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो । अहिले भने स्वास्थ्यमा क्रमिक सुधार देखिएको श्रेष्ठको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्