१८ भाद्र २०८२, बुधबार | Wed Sep 3 2025


इम्बोस्ड नम्बरप्लेट नेपाली भाषामा राख्न भाषा आयोगको ध्यानाकर्षण


767
Shares

काठमाडौं । भाषा आयोगले सवारी साधनमा जडान हुने इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा नै हुनुपर्ने बताएको छ ।

नेपालको संविधानको धारा ७ को उपधारा १ ले सरकारी कामकाजको भाषा नेपाली भाषा नै हुने ब्यवस्था गरेकाले संविधानको बर्खिलाप हुनेगरी सवारी साधनमा अंग्रेजी नम्बरप्लेट राख्न नमिल्ने भन्दै आयोगले सरकारको ध्यानाकर्षण गराएको हो ।

संविधानले नचिनेको भाषा र लिपीमा नभई नेपाली भाषामा नै इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको फैसलाको समेत आयोगले स्मरण गराएको छ ।

सर्वोच्च अदालतले २०८१ असार ९ गते नेपाली भाषाको वर्ण विन्या ससम्बन्धमा गरेको फैसलामा संविधानको धारा ७ को उपधारा ३ ले भाषासम्बन्धी अन्य कुरा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले निर्णय गरे बमोजिम हुने भनी स्पष्ट गरेकाले सोही प्रावधान बमोजिम सबै तहका सरकारलाई सोही बमोजिम गर्न तथा गराउन स्पष्ट व्याख्या आयोगको भनाइ छ ।

भाषा आयोगले यही भदौ १ गते देवनागरी लिपीमा नै इम्बोस्ड नम्बर प्लेट राख्ने ब्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइसकेको आयोगका अध्यक्ष डा. गोपाल ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।