
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले श्रम सम्झौता भएका सबै मुलुकहरुसँग रूपमा हुलाक सेवा सम्बन्धी सम्झौता गर्नुपर्ने बताउनुभएको छ ।
काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेपालको हुलाकप्रतिको विश्वास र प्रभावकारिता बढाउन श्रम सम्झौता भएका मुलुकहरुसँग हुलाक सम्झौता गर्नुपर्ने अपरिहार्य आवश्यकता रहेको बताउनुभयो ।
नेपाली नागरिक बसोवास गर्ने देशहरुमा समेत हुलाक सेवा विस्तार गर्नुपर्ने उहाँको भनाइ छ । नेपाली नागरिक भएका सबै देशहरुमा हुलाक सेवा विस्तार भए मात्र संस्थाप्रतिको विश्वास र प्रभावकारिता बढ्ने उहाँले बताउनुभयो ।
सञ्चारमन्त्री गुरुङले हुलाक सेवा विभागले तिर्नुपर्ने बाँकी वक्यौताको लागि अर्थ मन्त्रालयसँग आवश्यक पहल गर्ने आश्वासन दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्