१७ भाद्र २०८२, मंगलबार | Tue Sep 2 2025


४ करोड अवैध रकम प्रकरण: सुनका गहना पनि ठूलो परिणाममा बरामद


3.289k
Shares

काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिका-२६ गोंगबुको टाउन प्लानिङमा रहेको एक घरमा छापा मारेको छ ।

प्रहरीले छापा मार्ने क्रममा ४ करोड अवैध रकम बरामद गरेको हो । सोही घरबाट प्रहरीले सुनका गहना समेत बरामद गरेको छ । गोरखाका विनोद श्रेष्ठको घरबाट तयारी अवस्थाका गहना समेत बरामद गरिएको प्रहरीले बताएको हो । सुनका गहना पनि ठूलो परिमाणमा भेटिएको प्रहरीको भनाइ छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग बसपार्कबाट खटिएका अनुसन्धान अधिकृतहरूकाे टाेलीले रकम र गहनाको तौल यकिन गरिरहेको जनाएकाे हाे । बरामद रकमको सङ्ख्या यकिन गर्न मेशिन मगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको हो ।

सोही घरमा बस्ने ७६ वर्षीय विनोद श्रेष्ठ बस्दै आएको र उनलाई पनि पक्राउ गरिएको प्रहरीले बताएको छ ।