१७ भाद्र २०८२, मंगलबार | Tue Sep 2 2025


राष्ट्रिय सभामा संघीय निजामति सेवा विधेयक पेश


1.885k
Shares

काठमाडौं । प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त संघीय निजामति सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेश भएको छ ।

राष्ट्रिय सभाको मंगलबार बसेको बैठकमा समिति सभापति तुलसाकुमारी दाहालले सोही विधेयक सम्बन्धी प्रतिवेदन पेश गर्नुभएको हो।

प्रतिवेदन पेश गर्दै उहाँले निजामति सेवाका कर्मचारीले आफ्नो कामप्रति निष्ठावान र प्रतिवद्ध बनाउँदै नीति निर्माण एवं कार्यान्वयनमा स्वार्थको द्वन्द्व नहोस् भनेर अवकाश भएको मितिले २ वर्षसम्म अन्यत्र सेवा गर्न कुनै नियुक्ति नगर्ने गरी प्रवन्ध गरेको बताउनुभयो ।