
काठमाडौं । प्रहरीले काठमाडौंको गोंगबुको टाउन प्लानिङमा रहेका एक घरमा छापा मारेको छ ।
सोही क्रममा प्रहरीले मंगलबार दिउँसो गोरखा घर भएका विनोद श्रेष्ठलाई पक्राउ गरेको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ठूलो परिमाणमा अवैध रकम लुकाएर राखेको सूचनाका आधारमा छापा मारेको हो ।
छापा मारेर करिब ४ करोड रुपैयाँ बरामद गरिएको उपत्यका प्रहरीले बताएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले बताएको हो ।
प्रतिक्रिया दिनुहोस्