१७ भाद्र २०८२, मंगलबार | Tue Sep 2 2025


कार्यवाहक प्रधानमन्त्री सिंहलाई विद्यार्थी संगठनकाे ज्ञापन पत्र


481
Shares

काठमाडौं । विद्यार्थीमैत्री शिक्षा ऐन लागू गर्न माग गर्दै विद्यार्थी संगठनहरुले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ज्ञापन पत्र बुझाएका छन् ।

विद्यार्थी संगठनहरुले मंगलबार बिहान मन्त्रालयमा ज्ञापन पत्र कार्यवाहक प्रधानमन्त्री सिंहलाई बुझाएका हुन् । विधेयकले शैक्षिक निजीकरण र व्यापारीकरणलाई थप संस्थागत गर्ने, सार्वजनिक शिक्षालाई ध्वस्त पार्ने र युवाहरुको विदेश पलायनलाई प्रोत्साहन गर्ने गरी आएको विद्यार्थी संगठनहरुको आरोप छ ।

विश्वव्यापी कानूनी, नैतिक मूल्यको जगमा शिक्षाको अभिभावकत्व, अभिभावकविहीन बालबालिकाको शिक्षादिक्षा एवं भरणपोषणको मूल दायित्व राज्यको हुनेगरी व्यावसायिक, नैतिक, प्रतिष्पर्धी, पहुँच युक्त र राष्ट्रिय हितप्रति समर्पित हुने जनशक्ति निमार्ण गर्ने शिक्षाको व्यवस्था गर्न उनीहरुले माग गरेका छन् ।

ऐनमा समावेश गरी अविलम्व विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्न विद्यार्थी संगठनहरुले माग गरेका हुन् । संविधानमा व्यवस्था भए बमोजिम आधारभूत तहसम्मको शिक्षा अनिवार्य, निःशुल्क र माध्यमिक शिक्षा पूर्ण निःशुल्क पाउने व्यवस्था अविलम्व अक्षरशः कार्यान्वयन गर्न समेत विद्यार्थी संगठनहरुले माग गरेका छन् ।