
काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले २०७२ सालको विनाशकारी महाभूकम्पले भत्काएका साँंस्कृतिक सम्पदाहरुको पुर्ननिर्माणको काम सम्पन्न भएको बताउनुभएको छ ।
ललितपुरमा मंगलबार आयोजित कार्यक्रममा महर्जनले चुनौतीपूर्ण अवस्थाका बाबजुद आफूहरु सक्दो काम गर्न लागि परेको बताउनुभएको हो । महानगर प्रमुखको रुपमा यो आफ्नो अन्तिम कार्यकाल रहेको बताउदै उहाँले ललितपुर महानगरका सबै क्षेत्रको विकासका लागि तदारुकताका साथ काम गरिरहेको दावी गर्नुभयो । सरकारसँग सहकार्य गर्दा सम्पदाहरुको पुर्ननिर्माण सम्भव नदेखिएपछि महानगर एक्लैले काम गरेको पनि उहाँले बताउनुभयो ।
सोही कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मेयर महर्जनलाई एक्सिलेन्स अवार्ड प्रदान गर्नुभएको छ । महानगरपालिकाका अन्य केही ब्यक्तिहरुलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्