
काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट संघीय निजामती सेवा विधेयक पास भएको छ ।
सिंहदरबारमा मंगलबार बिहान बसेको विधायन समितिको बैठकमा मस्यौदा पूरै बाचन गरेर विधेयक प्रतिवेदन पास गरिएको हो । गत असार १४ गते प्रतिनिधिसभा बैठकबाट पास भएर राष्ट्रिय सभामा पठाइएको विधेयक राष्ट्रिय सभाले दफावार छलफलका लागि विधायन समितिमा पठाएको थियो । राष्ट्रिय सभाको बैठकले मंगलबार नै पास गरेर उक्त विधेयक प्रतिनिधि सभामा पठाउने तयारी भएको छ ।
विधेयकमा कर्मचारीको अवकाशको उमेर सम्बन्धि विषयमा विवाद रहेकोमा ५८ वर्ष नै कायम गर्ने गरी सहमति गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्