१७ भाद्र २०८२, मंगलबार | Tue Sep 2 2025


पश्चिमी सुडानमा पहिरोमा परी १ हजारकाे मृत्यु, मार्रा पर्वत क्षेत्र ध्वस्त


533
Shares

एजेन्सी । पश्चिमी सुडानको मार्रा पर्वत क्षेत्रमा गएको पहिरोमा परी करिब १ हजार नागरिकको मृत्यु भएको छ ।

सुडान लिबरेसन मुभमेन्ट-आर्मीले सोमबार जारी गरेको वक्तव्यमा पहिरोमा परी एउटा गाउँ नै पूर्ण रूपमा ध्वस्त भएको र एक व्यक्ति मात्र जीवित भेटिएको जनाएको हो । गएको ३ दिनदेखिको लगातार वर्षापछि आएको पहिरोले गाउँ नै पुरिएको समाचारमा उल्लेख गरिएको छ । संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय राहत संस्थासँग मृत्यु हुनेहरूको शव उद्धार गर्न तथा सहयोग उपलब्ध गराउन आग्रह गरिएको हो ।

सुडानी सेनामाथि संघर्षरत अर्धसैनिक द्रुत सहयोग बल आरएसएफसँगको लडाइँका कारण उत्तरी दर्फुर राज्यबाट विस्थापित भएका नागरिकहरु मार्रा पर्वत क्षेत्रमा शरण लिन पुगेका थिए । सुडानमा २ वर्षदेखि चलिरहेको गृहयुद्धका कारण आधा जनसंख्या खाद्य संकटको चपेटामा परेको छ ।

लाखौं नागरिक घरबार विहीन बनेका हुन् ।