
फाइल तस्विर
काठमाडौं ।यस वर्ष दसैँका लागि खसीबोका तथा च्याङ्ग्रा अनलाइनबाटै बुकिङ गर्न सकिने भएको छ ।
आजदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अनलाइनबाटै खसीबोका बुकिङ गर्न सकिने व्यवस्था गरेको हो ।
दसैँलाई लक्षित गरेर बुकिङ प्रणाली बनाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।
खसीबोकाको मूल्य अहिले नै तय नभएको कम्पनीले बताएको छ । तर, मूल्यमा अघिल्लो वर्षभन्दा धेरै फरक नपर्ने र एकजनाले पाँचदेखि दशवटा सम्म बुकिङ गर्न सक्ने छन ।
प्रतिक्रिया दिनुहोस्