१७ भाद्र २०८२, मंगलबार | Tue Sep 2 2025


गाेरखा बस दुर्घटना अपडेट : २१ जना घाइते, दुई जनालाई काठमाडौँ रेफर


754
Shares

काठमाडौं । गोरखामा मंगलबार बिहान भएको बस दुर्घटनामा २१ जना घाइते भएकाे छन् ।

काठमाडौंबाट गोरखाको आरुघाट सोतीतर्फ जाँदै गरेको रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते भएका हुन् ।

बा०१–००६ख ४१३१ नम्बरको बस आज बिहान भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा दुर्घटना हुँदा बसमा सवार २२ जनामध्ये २१ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।