१६ भाद्र २०८२, सोमबार | Mon Sep 1 2025


अफगानिस्तान भूकम्प अपडेट: मृत्यु हुनेको संख्या ८ सय नाघ्याे, २८ सय बढी घाइते


1.898k
Shares

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ८ सय १२ जना पुगेको छ ।

अफगानिस्तानको अन्तरिम सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सोमबार पत्रकार सम्मेलन मार्फत भूकम्पमा परी २ हजार ८ सय १७ जना भन्दा बढी घाइते भएको जानकारी गराउनुभएको हो । रक्षा, गृह र जनस्वास्थ्य मन्त्रालयका उद्धार टोलीहरू घाइतेहरूलाई नान्गरहार क्षेत्रीय अस्पतालमा एयरलिफ्ट गर्न पुगेका थिए ।

अफगानिस्तानको पूर्वी भागमा आइतबार राति ११ बजेर ४७ मिनेटमा ६ दशमलव ० म्याग्निच्यूडको भूकम्प गएको थियो । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समय अनुसार अगस्ट ३१ मा यसको केन्द्रविन्दु ८ किलोमिटर गहिराइमा थियो ।