
काठमाडौं । मन्त्रिपरिषदको भदौ १३ गते बसेको बैठकका २४ वटा निर्णय सार्वजनिक गरिएकाे छ ।
सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार पत्रकार सम्मेलन मार्फत सोही निर्णय सार्वजनिक गर्नुभएको हो । जसअनुसार विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत जनकपुरका न्यायाधीश सुदर्शन भट्टलाई तोकिएको छ ।
त्यस्तै, सत्य निरूपण तथा मेलमिलाप आयोग, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि अस्थायी दरबन्दी स्वीकृति गर्ने र श्रम अदालतको सदस्य पदमा अधिवक्ता कुमारी खरेललाई नियुक्त गर्नेसहितका निर्णय भएको मन्त्री गुरुङले जानकारी गराउनुभयो ।



प्रतिक्रिया दिनुहोस्