
काठमाडौं। बंगलादेशको राष्ट्रिय फुटबल टोली यहि भदौ १८ गते नेपालमा आउने भएको छ ।
नेपालसँग मैत्रीपूर्ण खेल खेल्नका लागि बंगलादेशको फुटबल टोली बुधबार नेपालमा आउने भएको हो। नेपाल र बंगलादेशले भदौ २१ र २४ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्ने भएका छन् ।
नेपालले यो मैत्रीपूर्ण खेलका लागि आफ्नो २३ सदस्सीय टोलीको घोषणा गरिसकेको छ। तर, बंगलादेशले भने अहिलेसम्म अन्तिम टोलीको घोषणा भने गरिसकेको छैन।
प्रतिक्रिया दिनुहोस्