
काठमाडौं । विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै निजी विद्यालय सञ्चालकहरूले काठमाडौंको चक्रपथ क्षेत्रमा स्कुल बससहित र्याली निकालेका छन्।
प्याब्सन, नेसनल प्याब्सन, हिसान, ओपन र एनएमएको संयुक्त आयोजनामा २७ किलोमिटर रिङरोडभरि स्कुल बस उतारिएको हो।
उनीहरूले विधेयकमा रहेका ‘पूर्ण छात्रवृत्ति’ लगायतका ‘अव्यावहारिक र अन्यायपूर्ण’ प्रावधानहरू हटाउन पाँचबुँदे माग अघि सारेका छन्।
यस्तै, विद्यालयमा पोसाक, स्टेसनरी, खाजा उपलब्ध गराउने प्रावधान र कम्पनी ऐनअनुसार सञ्चालनमा रहेका विद्यालयलाई गैरनाफामूलक बनाउने व्यवस्था पनि खारेज गर्नुपर्ने उनीहरूको भनाइ छ। तर, ट्राफिक प्रहरीका अनुसार प्रदर्शनले सवारी आवागमनमा ठूलो प्रभाव परेको छैन।
प्रतिक्रिया दिनुहोस्