१६ भाद्र २०८२, सोमबार | Mon Sep 1 2025


सुनको मूल्य हाल सम्म्मकै उच्च, २ लाख पाँच हजार नाघ्याे


1.209k
Shares

काठमाडौं ।

नेपाली बजारमा सोमबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । आज सुन दुई लाख पाँच हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार सुनको मूल्य दुई लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनेको थियो । आइतबारको तुलनामा आज सुन प्रतितोला एक हजार ७०० रुपैयाँले बढेको हो ।

आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ४७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आइतबार चाँदी प्रतितोला दुई हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्यको आइतबारको रेकर्ड आज तोडिएको हो ।