
काठमाडौं । ताप्लेजुङमा आइतबार राति परेको अविरल वर्षापछि काबेली नदीमा बढेको पानीको बहावले सिनाम पावर हाउसका दुईवटा टिप्पर र दुईवटा स्काभेटर बगाएको छ।
तत्काल नम्बर नखुलेका दुईवटा टिप्पर र दुईवटा स्काभेटर काबेली नदीले बगाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएकाे छ । बगाएकामध्ये दुईवटा स्काभेटर पावर हाउसदेखि करिब १५–२० मिटर तल तल डुबेको अवस्थामा देखिएको प्रहरीले जानकारी दिएकाे छ। टिप्पर फेला नपरेको र खोज तलास भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्