१६ भाद्र २०८२, सोमबार | Mon Sep 1 2025


बर्दियामा ब्राउन सुगरसहित दुई पक्राउ


182
Shares

काठमाडौं । बर्दियामा लागू औषध ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

बढैयाताल गाउँपालिका–७ कण्ठपुरबाट बाँसगढी नगरपालिका–५ का २९ वर्षीय सुबाश ओलीलाई प्रहरीले लागू औषधसहित शनिबार पक्राउ गरेको हो।

शंकास्पद रूपमा रहेका ओलीलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा ८ सय मिलिग्राम लागू औषध ब्राउन सुगरजस्तो देखिने गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

यस्तै शुक्रबार बढैयाताल गाउँपालिका–२ फुटाहाबाट बाँसगढी नगरपालिका–५ का २६ वर्षीय राम चौधरीलाई ९ सय ८० मिलिग्राम लागू औषध ब्राउन सुगरजस्तो देखिने खैरो रङको गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

दुवै जनालाई नियन्त्रणमा लिई आइतबार अदालतबाट ५ दिनको म्याद लिई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कृष्ण डाँगीले जानकारी दिए।