१६ भाद्र २०८२, सोमबार | Mon Sep 1 2025


मनसुन सक्रिय: यी प्रदेशमा भारी बर्षाको सम्भावना


1.144k
Shares

काठमाडौं । हाल मनसुनकाे न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित छ। साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो पनि कोशी, बागमती, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही र बाँकी पहाडी र तराई भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राति देशभर साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेशका केही , बागमती, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका थोरै र बाँकी तराई भू-भागका एकरदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।