
काठमाडौं । टी–२० क्रिकेट श्रृङ्खला अन्तर्गत भारतको आसामबीच भएको पहिलो खेलमा नेपाल ‘ए’ पराजित भएको छ ।
भारतको गुवाहाटीमा बिहीबार भएको खेलमा नेपाल ‘ए’ आसामसँग १५ रनले पराजित भएको हो । आसामले प्रस्तुत गरेको १ सय ९१ रनको लक्ष्य पछयाएको नेपालले ८ ओभरमा ३ विकेट गुमाउँदै ६४ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो ।
त्यसपछि खेल खेलाउन सम्भव नभएपछि आसामलाई डक वर्थ लेविस ९डिएसएल० नियमका आधारमा विजेता घोषणा गरिएको हो । खेल रोकिनुअघि नेपाल ‘ए’ का शुभ कंसाकार ३३ तथा सन्दीप जोरा २ रन बनाएर खेलिरहेका थिए ।
त्यसैगरी कप्तान अनिलकुमार साहले २०, पवन सर्राफले ६ र इशान पाण्डेले एक रन बनाएका थिए।
प्रतिक्रिया दिनुहोस्