
एजेन्सी । थाइल्याण्डमा पहिरो-बाढीमा परी हालसम्म ५ जनाको मृत्यु भएको छ ।
उत्तरी क्षेत्रमा आएको तुफान ‘काजिकी’ ले पहिरो-बाढीमा परी १५ जना घाइते भएका हुन् । मौसम विभागले सोही क्षेत्रभरी अझै केही दिनसम्म भारी वर्षा हुने पूर्वानुमान गरेको छ । काजिकी तुफानले भियतनाम, लाओस र थाइल्याण्ड जस्ता देशहरूमा बाढी र पहिरोले ठूलो क्षति गर्ने भएको छ ।
यो तुफानले सोमबार भियतनाममा प्रवेश गरेपछि हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो । त्यसपछि यो लाओस हुँदै थाइल्याण्डको उत्तरतर्फ सरेको थियो । जहाँ यसले ठूलो मात्रामा क्षति पुर्याएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्