
काठमाडौ । जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले सरकारले किसानलाई करदाता र मतदाता मात्रै ठानेको बताउनुभएको छ ।
उखु किसानको आन्दोलनमा बिहीबार ऐक्यवद्धता जनाउन माईतीघर पुग्नुभएका अध्यक्ष त्रिपाठीले यस्तो बताउनुभएको हो । उहाँले अहिलेसम्म किसान सरकारको प्राथमिकतामै नपरेको बताउनुभयो । सबैले किसानलाई मत दिने र कर तिर्नेका रुपमा मात्रै बुझेको उहाँको दावी छ ।
अध्यक्ष त्रिपाठीले किसान विभाजित भएका कारण पनि मारमा पर्ने गरेको बताउनुभयो । आफ्नो हक अधिकारका लागी एकजुट हुन पनि उहाँले किसानलाई आग्रह समेत गर्नुभएको छ । उखु किसानको माग पूरा गर्न सरकारले आलटाल गरिरहेको उहाँले बताउनुभयो ।
अध्यक्ष त्रिपाठीले विशेष गरेर अर्थ मन्त्रालयबाट समस्या उत्पन्न भएको बताउनुभएकाे छ । सरकारले तोकेको प्रतिक्वीन्टल ७० रुपैयाँका दरले अनुदान उपलब्ध नगराएको भन्दै उखु किसानले माईतीघरमा आन्दोलन जारी राखेका हुन् ।
सरकारले उखु किसानलाई दिने अनुदानमा आधा कटौती गरेको छ ।
प्रतिक्रिया दिनुहोस्