१२ भाद्र २०८२, बिहिबार | Thu Aug 28 2025


उखु किसानको आन्दोलनमा पूर्वप्रधानमन्त्रीदेखि मन्त्रीसम्मको लर्को (भिडियाे रिपाेर्ट)


208
Shares

नरेन्द्र महतारा

काठमाडौं । देशैभरीका उखु किसान विभिन्न मागसहित काठमाडौं केन्द्रित सडक आन्दोलनमा छन् ।

सरकारले उखु किसानलाई दिँदै आएको अनुदान रकम कटौती गरेपछि उनीहरु सडक आन्दोलनमा आउन बाध्य भएका हुन् । उखु किसानको आन्दोलनमा पूर्वप्रधानमन्त्रीदेखि विभिन्न मन्त्रीहरुले पनि फिल्डमै पुगेर ऐक्यवद्धता जनाइरहेका छन् । प्रतिपक्षमा रहेका नेताहरुको ऐक्यवद्धताले माग पूरा हुनेमा भने किसानहरु ढुक्क छैनन् ।

सरकारले आर्थिक वर्षको बजेटमा उखु किसानले पाउने अनुदानमा ५० प्रतिशत रकम कटौती गरेपछि उनीहरु सडकमा आएका हुन् । विगतका वर्षहरुमा उखु किसानहरुलाई सरकारले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिँदै आएको थियो । यस वर्ष बजेट अभाव देखाउँदै त्यो रकम ३५ रुपैयाँमा झारेको छ ।

आफ्नो मागसहित सडकमा आएका उखु किसानका पछि राजनीतिक दलका नेताहरुको लर्को लाग्न थालेको छ । यसमा खासगरी प्रतिपक्ष राजनीतिक दलका नेताहरु बढी सक्रिय देखिएका छन् । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायतका नेताहरुले उखु किसानको आन्दोलनमा पुगर ऐक्यवद्धता जनाएका हुन् ।

उनीहरुले ऐक्यवद्धता जनाएता पनि उखु किसानहरु भने अझै पनि ढुक्क हुन सकेका छैनन् । सत्तामा हुँदा बेवास्ता गर्ने तर सत्ताबाहिर हुँदा समस्या कुम जोड्न आएर सात्वना दिने नेताहरुको दोहोरो चरित्रप्रति किसानहरु परिचित छन् ।

सडकमा पोखिएको उखु किसानको असन्तुष्टि र आक्रोशमा साथ दिएर उनीहरुलाई आफ्नो पक्षमा पार्नका लागि नै नेताहरुको दौडधूप भइरहेको हो भन्ने कुरा उनीहरुले राम्रैसँग बुझेका छन् ।

विस्तृतमा हेर्नुहोस् यो रिपोर्टः