१२ भाद्र २०८२, बिहिबार | Thu Aug 28 2025


एमालेको पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना


104
Shares

काठमाडौं । नेपाल शिक्षक महासंघले नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना दिएको छ ।

प्रतिनिधि सभामा रहेको विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै महासंघले बिहीबार बिहान ११ बजेदेखि एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा धर्ना दिएको हो । महासंघले यसअघि बुधबार सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा धर्ना दिएको थियो । शुक्रबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडामा धर्ना दिने कार्यक्रम रहेको महासंघले जनाएको छ ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट विगतमा भएको सहमति अनुसार विधेयक सच्याउन महासंघले माग गरेको हो । महासंघले एमाले महासचिव शंकर पोखरेललाई भेटेर आफ्नो मागबारे जानकारी गराएको छ । महासंघले अस्थायी प्रकृतिका शिक्षकको पदपूर्ति आन्तरिक प्रतिस्पर्धा ७५ प्रतिशत र खुला २५ प्रतिशत हुनुपर्ने माग गरेको हो ।