१२ भाद्र २०८२, बिहिबार | Thu Aug 28 2025


पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड


1.339k
Shares

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालको संविधान उत्कृष्ट भए पनि यसको कार्यान्वयनमा राजनीतिक दलहरूको भूमिका कमजोर भएको आरोप लगाएका छन्।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले वर्तमान संविधान राजनीतिक तथा अन्तर्राष्ट्रिय सन्दर्भअनुसार सन्तुलित र सुदृढ रहेको बताउँदै त्यसको कार्यान्वयनमा देखिएको कमजोरीकै कारण समस्या उत्पन्न भएको स्पष्ट पारे।

उनका अनुसार, संविधानले परिकल्पना गरेका ऐन तथा कानुनहरू बनाउने काममा दलहरू विशेषगरी गठबन्धनमा रहेका पार्टीहरूले सुरुदेखि नै अरुचि देखाउँदै आएका छन्। संविधान अनुसारको ऐन बनाउने पक्षमा दलहरूकै इच्छा शक्तिको अभाव देखिएकाे बताएका छन् ।

पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन

प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिको सक्रिय राजनीतिमा पुनरागमन संविधानविपरीत नभएको स्पष्ट पारे। अन्तर्राष्ट्रिय अभ्यास उल्लेख गर्दै उनले राष्ट्रपतिले कार्यकालपछि राजनीतिमा फर्कन नपाउने भन्ने संविधानमा कतै उल्लेख नभएको बताए। “विश्वका धेरै मुलुकमा राष्ट्रपति, प्रधानमन्त्री वा अन्य उच्चपदमा रहेका व्यक्तिहरू कार्यकालपछि पनि राजनीतिमा सक्रिय रहन्छन्,” प्रचण्डले भने।

उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्कनु स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै, केपी ओलीकै सहमतिमा उनको पार्टी सदस्यता नवीकरण भएको खुलासा गरे। भण्डारीको ‘प्लान बी’ भन्ने चर्चा मात्र हल्ला भएको र हाल उनीसँग कुनै सम्पर्क नरहेको समेत बताए।