१२ भाद्र २०८२, बिहिबार | Thu Aug 28 2025


अमेरिकाको विद्यालयमा गोली प्रहार हुँदा २ विद्यार्थीको मृत्यु, १७ जना घाइते


546
Shares

काठमाडौं ।

अमेरिकाको मिनियापोलिसमा एउटा क्रिश्चियन विद्यालयमा अन्धाधुन्द गोली प्रहार हुँदा दुई जना विद्यार्थीको मृत्यु भएको छ ।

घटनामा १७ जना बालिबालिका घाइते भएका छन् । क्याथोलिक एनन्सीएसन चर्चले संचालन गरेको विद्यालयमा मास परेड भईरहँदा एक जनाले अन्धाधुन्द गोली प्रहार गरेका हुन् ।

चर्चको झ्यालबाट गोली प्रहार गरेका २३ वर्षीय रोबिन वेष्टम्यानले आक्रमणपछि आफैंलाई गोली हानी आत्महत्या गरेका छन् । उनले घटनामा एउटा राइफल, पेस्तोल र सट गन प्रयोग गरेको पाइएको छ ।

आक्रमणको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । संघिय जााँच ब्युरो (एफ.बि.आई) ले यो घटनालाई घरेलु आतंकवाद र घृणाको अपराधको रुपमा लिएर छानविन थाालेको छ ।