१२ भाद्र २०८२, बिहिबार | Thu Aug 28 2025


पहिरोको कारण अवरुद्ध भएकाे काठमाडौं–मुग्लिङ सडक खुल्याे


325
Shares

काठमाडौं ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिकाको सातकिलो भन्ने ठाउँमा खसेको पहिरो पन्छाएपछि काठमाडौं–मुग्लिङ सडकखण्ड दुईतर्फी नै सञ्चालनमा आएको छ ।

बिहिबार बिहान पहिरोले अवरुद्ध भएको सडक आज बिहान करिब ७:५० बजेदेखि दुईतर्फी खुलेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

बाटो खुले पनि सडकमा सवारी साधनको चाप छ । ती सवारी साधनहरुलाई ट्राफिक प्रहरीको सहयोगमा गन्तव्यमा पठाउने काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।