
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आज (बिहीबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। अमेरिकी डलरको मूल्य भने स्थिर छ। अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहितका मुद्राको मूल्य हिजो पनि घटेको थियो।
आज अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ र बिक्रीदर १४० रुपैयाँ ६० पैसा छ। हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो। यही साउन २१ गते अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ १९ पैसा र बिक्रीदर १४० रुपैयाँ ७९ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर अहिलेसम्मकै उच्च हो।
त्यसैगरि आज युरो एकको खरिददर १६२ रुपैयाँ १७ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८६ पैसा छ। हिजो युरो एकको खरिददर १६३ रुपैयाँ र बिक्रीदर १६३ रुपैयाँ ६९ पैसा थियो। त्यस्तै आज पाउन्ड एकको खरिददर १८८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८४ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८८ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५६ पैसा थियो।
त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५१ पैसा र बिक्रीदर ९० रुपैयाँ ९० पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८३ पैसा र बिक्रीदर ९१ रुपैयाँ २१ पैसा थियो। त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५७ रुपैयाँ ७९ र बिक्रीदर ४५९ रुपैयाँ ७५ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४५८ रुपैयाँ १० र बिक्रीदर ४६० रुपैयाँ ०६ पैसा थियो।
आज बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ९० पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ९१ पैसा थियो। यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्