
काठमाडौं । सरकारले सामाजिक सञ्जालहरु ७ दिनभित्र नेपालमा दर्ता हुनुपर्ने निर्णय गरेको छ ।
गत सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले सर्वोच्च अदालतको आदेश बमोजिम सामाजिक सञ्जालहरु ७ दिनभित्र सञ्चार मन्त्रालयमा सूचीकरण हुनुपर्ने निर्णय भएको बताउनुभएको हो । ७ दिनभित्र सूचीकरण नहुने सामाजिक सञ्जालहरुलाई नेपालमा निष्क्रिय गराउन दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय समेत भएको पनि मन्त्री गुरुङले बताउनुभयो ।
सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० तथा सर्वोच्च अदालतको आदेश बमोजिम सामाजिक सञ्जाल सञ्चालकलाई जिम्मेवार तथा जवाफदेही बनाउन ७ दिनको म्याद दिने निर्णय भएको उहाँको भनाइ थियो । तोकिएको अवधिभित्र सूचीकरण नगरेमा सोही क्षणबाट ती सामाजिक सञ्जाललाई निस्क्रिय बनाउन निर्देशन दिएको उहाँको भनाइ छ ।
सोहीे अवसरमा मन्त्री गुरुङले मन्त्रिपरिषद बैठकले गरेका अन्य १० वटा निर्णय पनि सार्वजनिक गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्