११ भाद्र २०८२, बुधबार | Wed Aug 27 2025


फ्रान्सको पेरिसमा पनि तीज पर्वको राैंनक


260
Shares

दीपक चालिसे

फ्रान्स । गैर-आवासीय नेपाली संघ (एनआरएनए) फ्रान्सको आयोजनामा राजधानी पेरिसमा पनि हरितालिका तीज पर्व भब्य रुपमा मनाइएकाे छ ।

प्रवाासमा रहेका नेपाली दिदी-बहिनीहरुले आफ्नो मौलिक संस्कृतिको जगेर्ना गर्ने उदेश्यले एकै ठाउँमा जम्मा भएर तीज पर्व मनाएका हुन् । महिला दिदी-बहिनीहरुको तीजको कार्यक्रमका लागि पेरिसस्थित हिमालयन शेर्पा रेस्टुरेन्टका सन्चालक रामेश्वर श्रेष्ठले आफ्नो होटल नि:शुल्क रुपमा उपलब्ध गाराउनुभएको थियो। सोही अवसरमा नाचगानका साथै विभिन्न नेपाली साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको हाे ।

तीजको दरखाने दिनमा विभिन्न परिकारका खाने कुराको समेत ब्यवस्था गरिएको थियो । सोही अवसरमा एनआरएनए फ्रान्सका आइसीसी सदस्य शिवराम भण्डारीले नेपाली नारीहरुको महत्वपूर्ण पर्व तीज विदेशी भूमिमा यसरी मनाउँदा गौरवान्वित भएको बताउनुभएकाे छ ।

त्यसैगरी एनआर एनए फ्रान्सका अध्यक्ष दिलिप गुरुङले विदेशमा तीज पर्व मनाइरहँदा नेपालमै भएको अनुभूति हुने हुँदा आगामी दिनमा अझै बृहत रुपमा मनाउने वातावरण बनाउनेतर्फ आफू लाग्ने समेत बताउनुभयाे ।