११ भाद्र २०८२, बुधबार | Wed Aug 27 2025


भारतमा पहिरोमा परी मृत्यु हुनेको संख्या ३२ जना पुग्यो, २ दर्जन घाइते, कैयौं अझै वेपत्ता


663
Shares

एजेन्सी । भारतको जम्मुको कटरास्थित वैष्णोदेवी धाम जाने बाटोमा मंगलबार गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

अचानक बादल फाटेर भएको भीषण वर्षाले वैष्णोदेवी जाने पुरानो बाटोमा पर्ने अर्धकुमारी मन्दिर नजिकै रहेको भोजनालय नजिक पहिरो गएको हो । ठूला-ठूला ढुंगा र रुखसहिको पहिरोमा पुरिएर अधिकांशको मृत्यु भएको छ । घटनामा दुई दर्जन घाइते भएको भारतीय अधिकारीहरुले बताएका हुन् ।

कैयौं अझै वेपत्ता बेपत्ता भएका छन् । पहिरोले ठूलो मानवीय क्षति गरेपछि वैष्णो देवीको यात्रा स्थगित गरिएको हो । सोही क्षेत्रमा घर र खेतहरूमा पानी भरिएको छ । यातायात सेवा पनि नराम्रोसँग प्रभावित भएको जनाइएको छ ।