११ भाद्र २०८२, बुधबार | Wed Aug 27 2025


साफ यू-१७ महिला च्याम्पियनसीप फुटबलमा नेपाल बंगलादेशसँग पराजित


858
Shares

काठमाडौं । साफ यू-१७ महिला च्याम्पियनसीप फुटबलमा नेपाल पराजित भएको छ ।

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा बुधबार भएको खेलमा नेपाल बंगलादेशसँग ४-१ गोल अन्तरले पराजित भएको हो । बंगलादेशका लागि सौरभी अखण्ड प्रीतिले ह्याट्रिक गर्दा थुनुए मार्माले एक गोल थपेकी थिइन् । सोही हारसँगै नेपालको उपाधि जित्ने सम्भावना समाप्त भएको छ ।

नेपालका लागि कप्तान भूमिका बुढाथोकीले एक गोल फर्काएकी थिइन् । यसअघिका खेलमा भारत र बंगलादेशसँग पराजित भएको नेपालले भुटानलाई पराजित गरेको थियो । बुधबारको नजितासँगै ४ खेलबाट ९ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा रहेको छ । पराजित भएको नेपाल समान खेलबाट ३ अंकका साथ तेस्रो स्थानमा रहेको हो ।

पहिलो स्थानमा रहेको भारतको ९ अंक रहेको छ । डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा आयोजक भुटानसहित नेपाल, भारत, बंगलादेश सहभागी भएका हुन् । नेपालले अब यहि भदौ १३ गते भारत र भदौ १५ गते भुटानसँग खेल्ने कार्य तालिका रहेको छ ।