
काठमाडौं । रौतहटकी २६ वर्षकी रूबीकुमारी साहका हत्या आरोपी लक्ष्मण पासवानको उपचारका क्रममा मृत्यु भएको छ।
प्रहरीले बुधबार बिहान आफूले आफ्नै शरीरमा आगो लगाएको अवस्थामा उनलाई फेला पारेको हाे । त्यसपछि उपचारका लागि काठमाडौंकाे कीर्तिपुर बर्न अस्पताल ल्याएर उनको उपचार गरिएकाे थियाे । तर आधा जलेको अवस्थामा भेटिएका पासवानको उपचारका क्रममा बर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
पासवालाई रौटहटको माधवनारायण नगरपालिका-६ माधेपुरबाट पश्चितर्फको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा जलेर घाइते भएको अवस्थामा फेला पारिएको थियो । पासवनालाई उपचारका लागि काठमाडौं ल्याइएको थियो ।
आइतबार सुटकेसभित्रसाहको शव भेटिएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । हत्याका आरोपी पासवान आफूले आफैंलाई आगो लगाएको प्रहरीले बताएको छ । उनले आगो लगाउनु अघि भिडियो समेत बनाएर सार्वजनिक गरेका थिए ।
मधेश प्रदेश प्रहरीले साह र आरोपी पासवान दुवै विवाहित भएको जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्