
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐनबहादुर महरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
एक जना युवतीको चरित्र हत्या गरेको उजुरीका आधार उनलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको हो । थुनामा राखेर अनुसन्धान गर्ने अनुमतिका लागि उनलाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ । विद्युतीय कारोबार ऐन २०६३ को कसुर अनुसार महरमाथि पक्राउ पूर्जी जारी भएको थियो ।
महरविरूद्ध साइबर ब्यूरोमा पनि मुद्दा रहेको छ । महरको चरित्रमा प्रश्न उठेपछि एमालेले उनलाई केन्द्रीय सदस्यबाट निलम्बन गरेको थियो । महरमाथि एक युवतीले बलात्कारको आरोप समेत लगाएकी थिइन् ।
तर प्रहरीले भने उजुरी समेत लिन अस्वीकार गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्