११ भाद्र २०८२, बुधबार | Wed Aug 27 2025


काँग्रेस पार्टी कार्यालयमा नेपाल शिक्षक महासङ्घको धर्ना


195
Shares

काठमाडौं । नेपाल शिक्षक महासंघले नेपाली काँग्रेसको पार्टी कार्यालयमा सानेपा धर्ना दिएको छ ।

महासंघ र सरकारबीच विगतमा भएका सहमतिअनुसार शिक्षा विधेयक सच्याउन माग गर्दै महासंघले पहिलो चरणको आन्दोलनअन्तर्गत काँग्रेस पार्टी कार्यालयमा धर्नामा बसेको हो ।

संसदीय समितिबाट पारित भएर प्रतिनिधिसभामा पुगेको शिक्षा विधेयकमा महासंघका मागहरु सम्बोधन गर्न दबाब दिनको लागि आफूहरु आन्दोलनमा उत्रिएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । उनकाअनुसार महासंघले भदौ २० सम्म धर्ना कार्यक्रम जारी राख्ने भएको छ ।

भदौ १३ गते देशभरका स्थानीय तहहरुमा तथा भदौ १५ गते जिल्ला शिक्षा इकाईमा धर्ना दिने कार्यक्रम रहेको उहाँले जानकारी दिए । उनले २० गतेसम्म पनि आफ्ना मागहरु पूरा नभए भदौ २१ गते नयाँ आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने बताए ।