Logo ३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025


मोरङ कारागारमा मृत भेटिइन् महिला कैदी


1.3k
Shares

विराटनगर । जिल्ला कारागार मोरङको शौचालयमा एक महिला कैदी मृत फेला परेकी छन् ।

बुधबार बिहान सुनसरीको बराहक्षेत्र नगरपालिका-६ की ३२ वर्षीया राधा भट्टराई (राधिका) झुण्डिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।