Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


अखिल क्रान्तिकारीकाे त्रिवि आन्दोलन स्थगित, चार बुँदे सहमति


286
Shares

काठमाडौं ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागको स्तरीकरणको माग गर्दै ३४ दिनदेखि जारी आन्दोलन अन्त्य भएको छ।

माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) र त्रिवि प्रशासनबीच मंगलबार साँझ चार बुँदे सहमति भएपछि आन्दोलन स्थगित गरिएको हो।

सहमति अनुसार मानविकी संकायका विभिन्न विषयमा भर्ना शुल्क एक लाख १० हजारबाट घटाएर ९० हजार कायम गरिने, छात्रवृत्ति कार्यान्वयन गरिने, भौतिक पूर्वाधार तथा जनशक्ति व्यवस्थापन गरिने र आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिइनेछ।

सहमतिमा त्रिवि कार्यकारी निर्देशक विष्णुप्रसाद खनाल र विद्यार्थी नेताहरु ममता जोशी, शिवराज भट्ट, प्रविण दाहाल, टिकेन्द्रप्रसाद चौलागाई लगायतको सहभागिता थियो।