
रौतहट ।
रौतहटमा २६ वर्षीया रुबीकुमारी साहको हत्यामा संलग्न रहेको आशंका गरिएका आरोपी जलेको अवस्थामा भेटिएका छन् ।
आइतबार सुटकेस भित्र रुबीकुमारी साहको शव भेटिए पछि प्रहरीले अनुसन्धान अगाडी बढाएको थियो । प्रहरीले अशंका गरेको लक्ष्मण पासवान आफैंले आगो लगाएको प्रहरीले जनाएको छ ।
घाइते अवस्थामा भेटिएका पासवनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । उनले आफुलाई आगो लगाउनु अघि भिडियो सार्वज्निक गरेका थिए । मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी उमाप्रसाद चर्तुवेदीका अनुसार रुबी साह र आरोपी पासवान दुवै विवाहित हुन् ।
विवाह अघिनै दुवैजनाको सम्बन्ध देखिएको छ । भारतमा विवाह गरेकी रुबी केही समय देखि रौतहट स्थित माइती नजिकै डेरा लिएर बस्दै आएकी थिइन । पासवानको घर र साहको माइति नजिकै थियो । गत आइतबार सांझ पासवनाले साहलाई डेरा बोलाएर घाँटिथिचेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले आशंका थाहा पाएपछि पासवनाले मलेसिया भाग्ने प्रयास गरेको डिआइजी चर्तुवेदीले जानकारी दिनुभयो । मलेसियाबाट फर्किएकाले फेरी फर्किन टिकट बुझेका थिए । त्रिभुवन विमानस्थल अध्यागमनमा प्रहरीले जाकारी गराएको थाहा पाए पछि आत्मादाहको प्रयास गरेका हुन । प्रहरीले रुबीनाको हत्यापछि शव व्यवस्थाका लागि साथ दिएको आरोपमा एक रिक्सा चालक र अर्का एक सहयोगीसहित तीन जना पक्राउ गरिसकेको छ । आफैंले विदेशबाट आउँदा ल्याएको सुटकेसमा शव राखेर फरार थिए ।
प्रतिक्रिया दिनुहोस्