१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


पछिल्लो समय तीजका गीतले मौलिकता बिर्सिंदै


52
Shares

नरेन्द्र महतारा

काठमाडौं । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज धार्मिक मात्रै नभएर यो विशिष्ट मौलिकता बोकेको साँस्कृतिक पर्व हो ।

तीज पर्वको अभिन्न अंगको रुपमा तीजका गीतहरु रहेका छन् । परापूर्वकालदेखि नै तीज पर्वमा महिलाहरुले आफ्ना दु:ख र बेदना गीतमार्फत पोख्ने चलन रहेको थियो । तर, पछिल्ला वर्षहरुमा भने तीजका गीतहरु मौलिकता बिर्सिएर ब्यापारिक प्रयोजनका लागि छाडा बन्दै गएका छन् ।

विगतमा तीजका गीतहरु यस खालका हुने गर्थे । तीज गीतले चेलीले भोगेका पीडा, वेदना र माइतीसँगको सम्बन्ध बोल्ने गर्थे । जन्मघरबाट कर्मघरमा पुगेका चेलीले वर्षभरी भोगेका पीडा र वेदना तीज गीतमार्फत नै बोल्ने गर्छन् ।

प्रविधिको विकाससँगै पुराना मौलिक गीतहरु लोप हुन थालेका छन् । अहिले तीजका गीतहरुले मौलिकता र परम्परागत शैली बिर्सिएका हुन् कि भन्ने भान हुन्छ । पछिल्लो समय तीजका गीतले विकृतिलाई समेत बढाएका हुन् । जेजस्तो भएपनि तीजमा लोक भाका र गीतले थप रमाइलो र उत्साह थप्ने गरेको पाइन्छ ।

केही वर्षयता तीजका गीतहरु दोहोरीमा परिणत गरिएका छन् । मौलिकता बोकेका गीतहरुलाई अनावश्यक रुपले तोडमोड हुने क्रम बढ्दो छ । तीजका गीतमा प्रयोग हुने छाडा पहिरन, दोहोरो अर्थ लाग्ने शब्द र भड्किलो शैलीले मौलिकतालाई धरापमा पारेको छ । नेपाली मौलिकता र संस्कृतिमाथी नै प्रहार गर्ने यस्ता प्रवित्ति चिन्ताको विषय हो ।

यो प्रवित्तिको अन्त्यका लागि तीज गीतका सर्जकहरु पनि गम्भीर हुन जरुरी छ ।