Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


तत्काल सवारीमा इम्बोस्ड नम्बर जडान नगरे पनि कारबाही हुँदैनः यातायात विभाग


1.1k
Shares

काठमाडौं । यातायात व्यवस्था विभागले तत्काल सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगरे पनि कारबाही नहुने जनाएको छ ।

विभागले मंगलबार चौतर्फी रुपमा आलोचनापछि एक विज्ञप्ति जारी गर्दै सोही प्लेट जडान अनिवार्य नगरिएको जानकारी गराएको हो । विभागले आफूलाई अनुकूल भएको समयमा सवारी दर्ता गरेको यातायात कार्यालयमा गएर स्वःस्फुर्त ढंगले इम्बोस्ड नम्बर प्लेट जडान गरी डिजिटलाइजेसन कार्यमा सहयोग गर्न भने अनुरोध गरेको छ।

विभागले प्रदेश कार्यालयहरूबाट जडानमा सहजताका लागि उक्त स्थानहरूमा पूर्वाधार र जनशक्तिको व्यवस्था गरेको हो । सेवाग्राही तथा सवारीधनीहरूको सहजताका लागि आवश्यक तानुसार थप प्रबन्ध समेत गर्दै लगिएको जारी विज्ञप्तिमा भनिएको छ ।

विभागले यहि भदौ ३ गते सूचना जारी गर्दै आगामी असोज १ गतेदेखि अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्न उर्दी जारी गरेको थियो । तर उक्त सूचनाको चौतर्फी रुपमा आलोचना भइरहेको छ।​