
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन जोर्डनका राजा अब्दुल्ला द्वितीयसँग आग्रह गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले जोर्डनका राजालाई मंगलबार एक पत्र पठाउँदै जोशीको अवस्था पहिचान, सुरक्षित रिहाइ तथा स्वदेश फिर्तिका लागि यथाशक्य पहल गरिदिन आग्रह गर्नुभएको हो । उहाँले पत्रमा यस प्रयोजनका लागि जोर्डनी समकक्षीले चाल्ने मानवीय तथा कूटनीतिक कदमको नेपाल र नेपाली जनताले उच्च प्रशंसा र स्वागत गर्ने कुरा उल्लेख गर्नुभएको छ ।
राष्ट्रपति पौडेललाई जोशीका आमा र बहिनीले राष्ट्रपति भवन शीतल निवासमा आइतबार भेटेर रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए। सोही अवसरमा राष्ट्रपति पौडेलले जोशीको रिहाइका लागि आफूले थप प्रयास गर्ने बताउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्