१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


वीरगञ्जमा हैजा संक्रमितको संख्या १ सय १४ जना पुग्यो


234
Shares

काठमाडौं । पर्साको वीरगञ्जमा हैजा संक्रमितको संख्या १ सय १४ जना पुगेको छ ।

वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाले मंगलबार हैजा संक्रमितको तथ्यांक सार्वजनिक गर्दै आईसीयूमा ३१, एचडीसीयूमा ६ र वार्डमा १ सय ६९ जना झाडापखला र हैजाका बिरामी उपचाररत रहेको जनाएको हो । गत शुक्रबार यता विभिन्न अस्पतालमा ३ सय ९० जना झाडापखला र हैजाका बिरामी भर्ना भएका थिए ।

जसमध्ये १ सय ८४ जना झाडापखला र हैजाका बिरामी उपचारपछि अस्पतालहरूबाट डिस्चार्ज भएका छन् । महाशाखाले वीरगञ्जका विभिन्न १६ वटा अस्पतालमा २ सय ६ जना झाडापखला र हैजाका बिरामी उपचाररत रहेको जनाएको छ ।