१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


गाजामा इजरायली आक्रमण : पाँच जना सञ्चारकर्मीकाे मृत्यु


0
Shares

काठमाडौं ।

गाजको एक अस्पतालमा इजरायली फौजले गरेको आक्रमणमा पाँच जना सञ्चारकर्मी पनि मारिएका छन् ।

दक्षिणी गाजास्थित नासर अस्पतालमा इजरायलले गरेको हमलामा कुल २० जना मारिएको र ती मध्ये पाँच जना सञ्चारकर्मी रहेको खुलासा भएको हो । मारिनेमा अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका क्यामनाम्यान रहेका छन् भने अमेरिकी टेलिभिजन एनबीसीका क्यामेराम्यान पनि मारिएका छन् ।

यस्तै एशोसियटेट प्रेस, अलजजिराका संवाददाता र क्यामेराम्यान पनि मारिएको पुष्टि भएको छ । हमास नियन्त्रित सिभिल डिफेन्सले आक्रमणमा इजरायली हमलामा थुप्रै सर्वसाधारण पनि मारिएको दाबी गरेको छ । दक्षिणी गाजास्थित मूख्य अस्पतालबाट धुवाँको मुश्लो निस्किएको भिज्योल सामाजिक सञ्जालहरुमा भाइरल भईरहेको छ ।

रक्ताम्य लुगा लगाएका चिकित्सकले मारिएका पत्रकारहरुबारे जानकारी दिएको भिडियो समेत सामाजिक सञ्जालमा आएको छ । इजरायली फौजले त्यस क्षेत्रमा आक्रमण गरिएको स्वीकार्दै निशानामा नरहेकाहरुको पनि ज्यान गएको हुनसक्ने बताएको छ ।